“को नेपाली” भिडियो र फोटो प्रतियोगितामा तपाईले भाग लिनु पर्ने पाँच कारण !!

16 Mar 2016 - Roshan Ghimire

तपाईहरु धेरैले कोड फर नेपालले “को नेपाली ?” शिर्षक भएको एक भिडियो तथा फोटो प्रतियोगिता आयोजना गर्दैछ भनेर त सुन्नु भएको नै होला
छैन भने, चिन्ता नगर्नुस, म छोटकरीमा फेरी भन्छु    
हामी भिडियो तथा फोटो प्रतियोगिता आयोजना गर्दै छौ जसको उदेश्य नेपालमा डिजिटल साक्षरताको कौशलता पहिचान गर्ने तथा “नेपाली हुनु भनेको के हो?” भन्ने बिषयमा रचनात्मक छलफल, साथसाथै नेपाली नागरिकबीच बहसको संस्कृति बलियो बनाउनु हो धेरैले हामीले आयोजना गर्न थालेको प्रतियोगिताको बारेमा चासो देखाउनु भएको छ हामी चाहन्छु धेरै भन्दा धेरै नेपाली हाम्रो संबादमा सरिक हुन

कति जानेले त किन यो प्रतियोगितामा भाग लिने भनेर प्रश्न पनि गर्नु भो ! यो रमाइलो पोस्टमा मैले ” को नेपाली ?” प्रतियोगितामा किन नेपालीहरुले भाग लिनै पर्छ भनेर ५ वटा तर्क पेश गरेको छु है !

१) देश र विदेशमा बस्ने नेपालीहरु, जो १४ वर्ष वा माथिको उमेरका छन्, ति सबैले भाग लिन पाउने पहिलो खुला भिडियो र फोटो प्रतियोगिता होला यो *
२) नेपाली, भोजपुरी,अंग्रेजी, मैथिली वा तामाङ मध्ये जुन भाषामा पनि भिडियो बनाउन पाइने यस्तो प्रतियोगिता त नेपालको इतिहासमा कहिले पनि आयोजना भएको थिएन होला * यी पाँच मध्ये एक भाषामा भिडियो बनाउन तपाईलै के नै गार्हो भो र ? भिडियो कस्तो बनाउने, फोटो कस्तो खिच्ने बन्ने कुरा त हामीले यता भनेको छौ/ इमेल दर्ता गर्नु भो भने तेहा पनि पठाई दिउला, सजिलोको लागि ! ल दर्ता गर्ने ठाउँ भने यो लिंकमा https://codefornepal.org/en/nepali/

३) अवसरको कुरा गरौ न त अब, देश र विदेशमा बस्ने बस्ने नेपाली बीच अहिले को २१ सौ शताब्दीमा नेपाली हुनु भनेको के हो, हाम्रो सहि पहिचान के भो बनेर दरो र अनुशासित संबाद चलाउन सक्यो भने, हाम्रो जस्तो नया गणतान्त्रिक देशलाइ कति फाइदा होला ?

४) सबैको हातमा फोन छ आजकल ! धेरै संग त भिडियो खिच्न मिल्ने क्यामेरा पनि छ अब साधन छ, नया नया सोच छ, येस्तो मौकामा आफु संग भएको सिप “को नेपाली?” प्रतियोगितामा प्रयोग नगरे कहिले गर्ने त ? हाम्रो हजुरबा मौकामा हिरा फोड्नु है बाबु भन्नु हुन्थ्यो ! 🙂
५) कुरा छोटो तर मिठो गर्नु भन्छन, तेसैले अन्तिममा, ” को नेपाली?” भिडियो र फोटो प्रतियोगितामा पहिलो, दोस्रो र तेश्रो हुनेलाइ पुरस्कार पनि छ हामी १० जनालाइ २ विधामा गरेर रु. ७५,००० दिदैछौ तपाईहरुको राम्रो सिर्जनाले “को नेपाली ?” प्रतियोगिता जित्ने प्रबल सम्भावना देख्छौ हामी ! ल अब भिडियो बनाउन, फोटो खिच्न र साथीभाइ, परिवारजनसंग “को हो त नेपाली?” भने कुरामा संबाद सुरु गरीहालौ
तपाईहरुले प्रतियोगितामा भाग लिनु हुन्छ भन्ने ठुलो आस छ हामी लाई प्रतियोगिताको बारेमा अन्य जानकारी यता: https://codefornepal.org/en/nepali/
 
प्रश्न छन् भने कमेन्ट गर्दा पनि हुन्छ इमेल नै गर्छु भन्नुहुन्छ भने contact@codefornepal.org गर्नु होला हामी छिटो भन्दा छिटो जवाफ पठाउने छौ

साथीहरु, हाम्रो गफ सेयेर गर्दा हुन्छ | यो कुरा, एक कान, दुइ कान गरेर सबै नेपालीकोमा घरमा पुर्याउनु छ |
*१) सार्बजनिक रुपमा पुष्टी गर्न बाकी
*२) यो त ठोकुवा गरेर भन्न मिल्छ | 🙂